काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अग्रस्थानमा हुनुहुन्छ।
बालेनले हाल ३३ हजार २६० मत ल्याएर नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पार्नु भएको छ। स्थापितले १७ हजार ६ सय ९२ मत ल्याउनु भएको छ।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ। केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ।





