बिराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला मेयर पदमा विजयी हुनुभएको छ।
अन्तिम मतपरिणामअनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याउँदा एमालेका सागर थापाले २१४५५ मत ल्याउनु भएको छ।
स्वतन्त्र उमेश यादवले ८ हजार ७९५ मत ल्याउनु भयो भने राप्रपाका प्रल्हाद साहले ५ हजार २१६ मत पाउनु भएको छ।
उपमेयरमा एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्र ल्याउनु भएको छ।





