काठमाडौं। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसले पुन मतदान गर्न माग गरेको छ ।
मतदान सकिएको एक सातापछि कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पुन: मतदानको माग गरेका हुन्।
मतदानका क्रममा बुढीगंगाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरूले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्रलाई आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा) गरी फर्जी मत हालेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ।





