राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संसदमा पेश गर्ने


६ जेष्ठ २०७९, शुक्रबार १८:३६ मा प्रकाशित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा जेठ १० गते पेश हुने भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश गर्ने पत्र पढेर सुनाउनुभएको हो ।

सभामुख सापकोटाले जेठ १० गते मंगलबार दिउँसो ४ बजे बस्ने जानकारी दिदै तोकिएकै पोशाकमा उपस्थित हुन निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here