कनकाईको मेयरमा कांग्रेसका बागी उम्मेदवार थापा एमालेका पोखरेल भन्दा ८६० मतले अगाडि


१ जेष्ठ २०७९, आईतवार १५:०० मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले मतान्तर बढाउनु भएको छ।

अहिलेसम्म ६४२१ मतगणना गर्दा थापाले २७३६ मतसहित अग्रता कायमै राख्नु भएको छ।

थापा एमालेका राजेन्द्र पोखरेल भन्दा ८६० मतले अगाडि हुनुहुन्छ। एमालेका पोखरेलले १८७६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ८११ मत प्राप्त गर्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here