सर्लाही । डिजिटल मेयरका रुपमा चर्चित गणेश प्रसाईंले सर्लाहीको हरिवन नगरपालिकाकाे मेयरमा फराकिलाे अग्रता लिनुभएकाे छ ।
वडा नम्बर १, २ र ३ को मत गणना सकिँदा एमालेबाट मेयरका उम्मेदवार प्रसाईंले २ हजार १ सय ३२ मतसहित अग्रता लिनुभएको छ ।
माधव नेपालको पार्टीका उम्मेदवार सुरेन्द्र लामाले १ हजार ४२ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।
माओवादी केन्द्रका उम्मेदवार रमेश बुढाथोकी १ हजार १० मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ भने कांग्रेसका उम्मेदवार रामप्रसाद मैनालीले ८ सय ३८ मत पाएर चौथो स्थानमा हुनुहुन्छ ।
उपमेयरमा एमालेकी हरि माया घलानले २ हजार २ सय ३ मतसहित अग्रता लिनुभएको छ ।
नेपाली कांग्रेसकी सोनी कुमारी बम्जनले १ हजार ४ सय ५१, माओवादीकी पद्मा मुक्तानले ८ सय ७७ र माधवको पार्टीकी सीतादेवी थापाले ४ सय ५७ मत ल्याउनुभएको छ ।
हरिवनकाे वडा नम्बर- १ को अध्यक्षमा कांग्रेसका टम बहादुर घिसिङ र २ नम्बरमा कांग्रेसकै अर्जुनकुमार योन्जन विजयी हुनुभएकाे छ । ३ नम्बर वडामा नेकपा एमालेका दिपमान लोप्चन विजयी हुनुभएको छ ।





