रामपुर पाल्पाः ५ बर्षमा नभएको बिकास ५ महिनामा गरेर देखाउने शिव अर्यालको उद्घोष


२७ बैशाख २०७९, मंगलवार १८:४१ मा प्रकाशित

रामपुर । पाल्पाको रामपुर नगरपालिकाका लागि नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार शिव अर्यालले पाँच बर्षमा नभएको विकास पाँच महिनामा गरेर देखाउने बताउनु भएको छ।

रामपुर नगरपालिका वडा न १० को घरदैलो पछिको कोण सभामा बोल्दै मेयर पदका उमेदवार अर्यालले शिक्षा, स्वास्थ, रोजगारीका बिषयमा बोल्दै प्रत्येक वडामा डम्पिङ साइड निर्माण गर्ने, प्राबिधिक शिक्षालय निर्माण गर्ने, प्रत्येक वडामा वाइफाइ जोन बनाउने, सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने, प्रमुख बाटाहरु कालोपत्र गर्ने, भित्री सबै बाटाहरु ग्राभेल गर्ने तथा युवा स्वरोजगारका लागि रोजगारीको अवस्था श्रृजना गर्ने बताउनु भएको छ ।

कोण सभामा उपमेयर पदका उम्मेदवार दुर्गा देबी रानाले बोल्दै बिकास, समृद्धि न्याय र समानता, तथा आर्थिक उन्नतिका लागि राज्यको मूल धारमा सिमान्तकृत बर्गको प्रतिनिधित्व गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here