दमकका मेयरका उम्मेदवार राम थापा कांग्रेसको बुइ चढेको ओलीको आरोप


२७ बैशाख २०७९, मंगलवार १४:४६ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार राप्रपाका नेता राम थापा नेपाली कांग्रेसको बुइ चढेको आरोप लगाउनु भएको छ।

मंगलबार झापाको दमकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले थापाले मेयरको टिकट ल्याएपछि कांग्रेसका नेता तथा कार्यकाल जिल्ल परेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘सट्याकसुटुक भएको साँठगाँठबाट राम थापाले मेयरको टिकट ल्याउनु भयो। यता कांग्रेसका कार्यकर्ता जिल्ला परे।’

थापा सत्ता गठबन्धन र राप्रपासम्मिलित गठबन्धनका तर्फबाट दमकको मेयर पदका उम्मेदवार हुनुहुन्छ।

दमकमा चुनावी प्रतिष्पर्धामा एमाले एक्लिएको छ।

ओलीले आफ्नो गृहनगर दमकका लागि एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीलाई जिताउन मतदातासंग आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘दमकको भलो गर्ने हो भने गीता अधिकारीलाई जिताउनु होस्।’

ओली मंगलबारका लागि तय गरिएको विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न झापा आउनु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here