लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पालिका चुनावमा मतदान गरौँ : देउवा


२७ बैशाख २०७९, मंगलवार १४:४१ मा प्रकाशित

काठमाण्डाै ।  नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने पालिका चुनावमाको महान् अभियानमा सहभागी भइ मतदान गर्न आह्वान गर्नुभएको छ ।

मौन अवधि सुरु हुन केही घण्टा बाँकी रहँदा एक अपिल जारी गरेर देउवाले पालिका सङ्घीय शासन प्रणालीको आधारस्तम्भ र चुनाव लोकतन्त्रको बलियो आधार भएको बताउनुभएको छ ।

अपिलमा सभापति देउवाले अरू कुरा गर्छन्, हामी काम गर्छाैँ भन्दै भोट माग्नुभएको छ । हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा स्थानीय सरकार भएको भन्दै उहाँले निरन्तर लोकतान्त्रिक सङ्घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो ।

पाँच दलीय गठबन्धनमा आबद्ध कांग्रेसका सभापति देउवाले अपिलमा कांग्रेसको रुख चिह्नका लागि मात्रै मत माग्नुभएको छ ।

गठबन्धनलाई जिताउन अपिल नगरे पनि उहाँले संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपछि पाँच दलीय गठबन्धन बनेको र यो चुनावमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्था भएको बताउनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here