नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर


२१ बैशाख २०७९, बुधबार १२:०१ मा प्रकाशित

काठमाडौं, वैशाख २१ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here