बिर्तामोडमा ‘क्रेटा ईभी’ र ‘क्रेटा आइस’ लन्च


२६ बैशाख २०८२, शुक्रबार १६:२३ मा प्रकाशित

बिर्तामोड । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले झापाको बिर्तामोडमा क्रेटा ईभी र क्रेटा आइस (मेड इन नेपाल) सार्वजनिक गरेको छ ।

गत चैत ११ गते नेपालका लागि सार्वजनिक भएका यी दुई ईभी गाडीहरु बिर्तामोडमा आयोजित हुन्डाई मिट एण्ड ग्रिट कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलका डिलर सेल्स प्रमुख विनय प्रकाश श्रेष्ठ, जिएम दिपक थपलिया र बिर्तामोडस्थित हुन्डाईको आधिकारिक विक्रेता एलायन्स मोटर्सका अध्यक्ष दिनेश पाठक, अपार इन्भेसमेन्ट प्रालीका अध्यक्ष मनोज उप्रेती, बोर्ड अफ डाइरेक्टर ओम विमलीले संयुक्तरुपमा क्रेटा ईभी र क्रेटा आइस सार्वजनिक गर्नुभएको थियो । कम्पनीका अनुसार क्रेटा ईभीको प्रारम्भिक मूल्य रु. ५१,९६,००० र क्रेटा आईसको प्रारम्भिक मूल्य रु. ५३,९६,००० राखिएको छ ।

स्थानीय आयोजक हुन्डाईको आधिकारिक विक्रेता एलायन्स मोटर्सका अध्यक्ष दिनेश पाठकले आमन्त्रित पाहुना र सहभागीहरुलाई शाब्दिक स्वागत गर्नुभएको थियो । उहाँले झापामा नयाँ कम्पनी स्थापना गरी सन् २०२० देखि हुण्डाईको बिक्रेता बनेको जानकारी दिँदै हुण्डाई ब्राण्डका इभी गाडीको बिक्री बढाउने अबको लक्ष्य रहेको बताउनुभयो ।

सो कार्यक्रममा अपार इन्भेष्टमेन्ट र एलायन्स मोटर्सको परिचय गराउँदै प्रबन्ध निर्देशक याम बिमलीले हुन्डाईसँग कसरी सम्बन्ध जोडियो भन्ने विषय प्रकाश पार्नुभएको थियो । अपार इन्भेष्टमेन्ट कम्पनी २०२० सुरु क्रमशः साझेदार कम्पनीको स्थापना गरिएको र यसैको सिस्टर अर्गनाइजेशनको रुपमा अपार फाउन्डेसन रहेको जानकारी दिनुभयो ।

सो अवसरमा लक्ष्मी इन्टरकन्टिनेन्टलका डिलर सेल्स प्रमुख विनय प्रकाश श्रेष्ठले हुन्डाईका बारेमा सम्पूर्ण जानकारीहरु दिनुभएको थियो । नयाँ क्रेटा ईभीको लन्चसँगै, हुन्डाई नेपालले विद्युतीय सवारी साधनहरूमा स्विच गर्ने बारे अनिश्चित ग्राहकहरूलाई मद्दत गर्न ठूलो कदम चालिरहेको बताउनुभयो ।

कार्यक्रममा एलायन्स मोटर्सको मातृसंस्था अपार इन्भेसमेन्ट प्रालीका अध्यक्ष मनोज उप्रेतीले कार्यक्रममा सहभागीहरुलाई आभार व्यक्त गर्दै हुन्डाईका सवारी रोज्ने सबै सबैप्रति धन्यवाद दिनुभएको थियो । उहाँले भरपर्दो र गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बिच अत्यन्त लोकप्रिय ब्रान्ड बन्न सफल भएको र ग्राहकको सन्तुष्टिका लागि कम्पनीको तर्फबाट सेवा दिन तत्पर रहेको बताउनुभयो ।

सोही अवसरमा बिर्तामोडका अमिर लिङ्देनलाई नयाँ भर्सन इभी क्रेटा हस्तान्तरण पनि गरिएको थियो । हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here