स्थानीय तह निर्वाचनका लागि नेविसंघले बनायो ७५३ सदस्यीय प्रचार प्रसार समिति


२१ बैशाख २०७९, बुधबार ११:५८ मा प्रकाशित

काठमाडौं वैशाख २१ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका ७५३ सदस्यीय केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको बताउनुभयो । ७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको देखिन्छ ।

नेविसंघको प्रचार प्रसार समितिले पार्टीको चुनावी अभियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here