त्रिभुवन विमानस्थलमा शंकाष्पद वस्तु नभेटिए पछि आन्तरिक उडान सुरु


२१ बैशाख २०७९, बुधबार १२:४६ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद केही वस्तु नभेटिएको विमानस्थलले जनाएको छ ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको भन्दै अज्ञात व्यक्तिले विदेशबाट २ पटक टेलिफोन आएपछि विमानस्थलमा पुगेका यात्रुहरुलाई बाहिर निकालिएको थियो ।

नेपाल प्रहरी, नेपाली सेनाको टोलीले आन्तरिक टर्मिनलभित्र सर्च अप्रेसन गरेपनि त्यहाँ कुनै शंकास्पद वस्तु फेला नपरेकोे जनाएको छ ।

अज्ञात व्यक्तिको टेलिफोन आएपछि बिहान आन्तरिक उडान प्रभावित बनेका थिए । अहिले यात्रुहरु विमानस्थलमा प्रस्थान गर्न सुरु भएको विमानस्थल स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here