नेपालले आज जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्ने


१८ बैशाख २०७९, आईतवार ०७:४३ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पहिलो टी–ट्वान्टी अन्तर्गत आज जिम्बावे ’ए’ विरुद्ध खेल्न लागेको हो ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ’ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेल्न लागेको हो ।

नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले घरेलु मैदानमा जिम्बावे ’ए’ सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ ।

टी–ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।

यसअघि नेपाल क्रिकेट संघ क्यानले शनिबार नेपाल र जिम्बाब्वे ए बीचको टी–ट्वेण्टी र एकदिवसीय श्रृङ्खलाको तालिका परिवर्तन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here