काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन अपील गर्नु भएको छ।
पछिल्ला दिनमा केन्द्रमा कांग्रेसको घोषणापत्रलाई लिएर एमाले अध्यक्ष केपी शर्मा र कांग्रेस महामन्त्री गगनकुमार थापाबीच जुहारी चलेको र स्थानीय स्तरमा पनि दलहरुबीच अस्वस्थ आलोचना र ध्रुवीकरण बढेका बेला महामन्त्री शर्माले यसमा हस्तक्षेप गर्नु भएको हो।
उहाँले चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि ७ प्रस्ताव गर्नु भएको छ।
‘चुनावमा विजय हासिल गर्न हामी सबै जोड गरिरहेका छौंl चुनावी प्रतिस्पर्धामा संस्कृति चैं कस्तो ?’ उहाँले प्रश्न गर्नु भएको छ, ‘यसबारे पनि साझा चिन्तन र साझा जोड जरुरी छ। आत्मसात गर्न जरुरी ७ प्रस्ताव छन्।’
शर्माका सात प्रस्तावः






