भरतपुरको मेयर पदका बागी उम्मेदवार पौडेललाई चुनाव चिह्न भुइँकटहर दिइयो


१७ बैशाख २०७९, शनिबार १२:४८ मा प्रकाशित

चितवन । चितवनको भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिह्न भुइँकटहर पाउनु भएको छ । उहाँलाई निर्वाचन आयोगले भुइँकटहर चुनाव चिह्न दिएको हो ।

सत्तारुढ गठबन्धनको भागवण्डामा नेकपा माओवादी केन्द्रलाई परेको भरतपुर महानगरपालिकामा रेनु दाहाल गठबन्धनबाट उम्मेदवार हुनुभएको छ । कांग्रेसका नेता तथा कार्यकर्ताको व्यापक विरोध भएपछि पौडेलले उम्मेदवारी दिनु भएको थियो।

उहाँलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठसमेतले भरतपुर पुगेर फकाउने प्रयास गरेका थिए ।

तर, उहाँले उम्मेदवारी फिर्ता लिनु भएन । उहाँले जनताको र नेपाली कांग्रेसका कार्यकर्ताको भावना बुझेर आफूले उम्मेदवारी फिर्ता नलिएको बताउनु भएको छ।

उहाँले उम्मेदवारी फिर्ता नलिएपछि नेपाली कांग्रेसले उहाँको क्रियाशील सदस्यसमेत नरहने गरि पार्टीबाट निस्कासित गरिसकेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here