असारुको उम्मेद्वारीले उत्साहित भद्रपुर


१७ बैशाख २०७९, शनिबार १९:५२ मा प्रकाशित

भद्रपुर बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी एमालको तर्फबाट  भद्रपुर नगर प्रमुखको उम्मेद्वारी रहनु भएका असारु राजबंशीले भद्रपुर नगर पालिकाको मेयरको रुपमा आफनो जित सुन्श्चित भएको जनाउनु भएको छ ।

  भद्रपुरको १० वडमा कुल ५१ हजार २ सय ६० कुल मतदाता रहेका छन् । भद्रपुरको पुर्वधार बिकासको निम्ति, अन्तराष्ट्रिय ब्यापार सगं भद्रपुर लाई जोडन, झापाको पुरानो बजार लाई जिल्लाको मुख्य बजार बनाउन, हुलाक सडक निमार्ण सम्पन्न गर्न ,महेशपुर क्षेत्रलाई कृषि जोनको रुपमा बिकास गराउन आफुलाई भद्रपुर नगर पालिकाको मेयरको रुपमा बिजयी गराइदिन अपिल गर्नु भएको छ ।भद्रपुर नगर प्रमुखका का प्रत्यासी असारु राजबंशीले गएको कार्यकालमा एमाले भद्रपुरको धेरै बिकास गरेको र एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा भद्रपुरको बिकास र भोैतिक पुर्वधारमा २ सय करोड रुपैया बिनियोजन गरिदिएको जानकारी दिनु भयो ।  असारु राजबंशीले उधोगी व्यवसायीदेखि मजदुर वर्गको माया नै आफनो जित भएको जनाउनु भयो ।  एमालेलाई भोट हाल्न सबैको व्यग्र चहाना देखिन्छ । भद्रपुरमा लगभग ५ हजार मत अन्तरले निर्वाचित हुने कुरामा ढुक्क छौं । भद्रपुरको चुनावमा गठबन्धनलाई नै भारी परिरहेका राजवंशीको उदयलाई कसैले छेक्न नसक्ने स्थानीय मतदाता बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here