काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुले आज आज निर्वाचन चिह्न पाउने भएको छन्।
निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।
हिजो निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रनेछन्।
उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै प्रचार-प्रचार गर्न पाउनेछन्। स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुनेछ।





