नयाँ बुलन्दकर्मी बस्नेतलाई सम्मान


१६ बैशाख २०७९, शुक्रबार १९:३५ मा प्रकाशित

इलाम । इलाम  मांसेबुङ गाउँपालिकाका पत्रकार बालकृष्ण बस्नेतलाई सम्मान गरिएको छ । बुलन्द मन्टिटेक्निकल मिडिया प्रालि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सवको अवसरमा प्रालिले बस्नेतलाई सम्मान गरेको हो ।

उहाँलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेब ढुंगानाले सम्मानपत्र प्रदान गर्नुभयो । पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै बस्नेतलाई सम्मान गरिएको नयाँ बुलन्दका सम्पादक रामकुमार लिम्बुले बताउनुभयो ।

बस्नेत विगत ६ वर्षदेखि इलामको ग्रामीण भेगमा रहेर पत्रकारिता गरिरहनु भएको छ । उहाँनयाँ बुलन्द डटकमा माङ्सेबुङ गाउँपालिकामा रहेर सम्बादाताका रुपमा काम गरिरहनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासघ प्रदेश १ का उपाध्यक्ष लवदेब ढुंगाना , अतिथि नेपाल पत्रकार महासघ इलाम शाखाका अध्यक्ष बिप्लव भट्टराई, जिल्लामा रहेका पत्रकारजन्य बिभिन्न संघसगठनका प्रतिनिधिहरु एबम जिल्लामारहेका क्रियाशील पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here