‘निर्वाचन आयोगले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गर्यो’


१६ बैशाख २०७९, शुक्रबार १९:२५ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर अन्य नागरिकले नमिल्ने भन्ने खालको निर्वाचन आचारसंहिता करेक्सन गरेर अघि बढिनुपर्ने बताउनु भयो ।

महामन्त्री शर्माले निर्वाचनमा फजुल खर्च नगर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन पनि पार्टीका स्थानीय तहका उम्मेदवारहरूलाई सचेत गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here