हल्दिबारी । नेकपा एमाले हल्दिबारी गाउँ कमिटीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गरेको हो ।
नेकपा एमाले हल्दिबारी गाउँ कमिटीले जनमुखि कामहरुलाई समावेश गरेर लोकप्रिय प्रतिवद्वता पत्र जनता समक्ष ल्याएको जनाएको छ ।
हल्दिबारीको दृष्टि कृषि र पर्यटन माफर्त समृद्वी मुल नाराको साथ घोषणा पत्र जारी गरीएको हल्दिबारी गाउँ कमिटीले जनाएको छ ।
प्रतिवद्वता पत्रमा हल्दिबारीको कृषि उत्पादनलाई व्यापकरुपमा बृद्धि गर्न जैविक÷अर्गानिक कृषिलाई प्रोत्साहित गर्दै निर्वाहमुखी कृषि पद्धतिलाई व्यवसायिक पद्धतिमा रुपान्तरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने, स्थानिय उद्यम रोजगारी सिर्जना गर्ने, आधारभुत माध्यमिक शिक्षा तर्फ बिद्यालय बिमा लागु गरिने, लोपोन्मुख मेचे भाषाको राजधानिको रुपमा हल्दिबारीलाई परिचित गराउन दिपेन्द्र आधारभूत बिद्यालयको क्षमता बृद्वि गरी उपल्लो कक्षामा समेत मेचे भाषाको पठन पाठन गराईने, नागरिकले तिरेको कर नागरिक उपचार सहायता कोष स्थापना गरीने , स्थानीय आयको सवलीकरण तर्फ मैले तिरेको कर गाउपालिकको भर भन्ने नमुना कार्यक्रम, हल्दिबारीको बाचा झापाभरी माछा, खानेपानी अन्तगर्त एक घर एक धारा लगायतको जनमुखी प्रस्ताव सहितको प्रतिवद्धता पत्रमा उल्लेख गरीएको छ ।
कार्यक्रममा बोल्दै हल्दिबारी गाउँपालीकाका अध्यक्ष पदको उम्मेद्धवार डम्बरबहादुर गिरीले जनताको प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य र खानेपानीको बिकासलाई पहिलो प्रथमिकतामा राख्ने र बाकी ठुल्ठुला काम सघीय र प्रदेश सरकारसँग समन्वयकारी भुमिकामा पालिका रहने बताउनु भयो ।
त्यस्तै हल्दिबारी गाउँपालिका वडा न. १ ले पनि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडा न. १ ले कृषि उत्पादनलाई ब्यापकरुपमा बृद्धि गर्दै निर्वाहमुखी कृषि पद्धतिलाई व्यवसायिक पद्धतिमा रुपान्तरण गर्ने ,कृषी औजार उपकरण वितरण गर्ने, बिषादि परीक्षण गर्ने प्रयोगशालालाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत, साधन तथा जनशक्ति उपलब्ध गराउने, वडाको भुगोल भित्र रहेका क्रियाशिल निर्माण मजदुरहरको क्षमता अभिबृद्वि लगायतका योजना ल्याइएको जनाइएको छ । प्रतिवद्वता पत्र सार्वजनिक कार्यक्रममा एमाले निर्वाचन परिचालन समितिका संयोजक सोमनाथ र्पोतेल, वडा. न. १ का अध्यक्ष पदको उम्मेद्धवार त्रिलोचन सापकोटा, वडा. न. १ का उपाध्यक्ष शान्तादेवी गौतम लगायतको उपस्थिति रहेको थियो ।





