बिर्तामोडमा चुनावी प्रतिवद्वता :निशुल्क शिक्षा प्रदान गर्ने एमाले,साइकल वितरण गर्ने गठवन्धन


१६ बैशाख २०७९, शुक्रबार ११:३३ मा प्रकाशित

बिर्तामोड । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसंगै राजनीतिक दलहरुले प्रतिवद्वता पत्र सार्वजनिक गरीरहेका छन् ।
शुक्रवार नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठवन्धनले प्रतिवद्वता पत्र औपचारिकरुपमा सार्वजनिक गर्यो । नेकपा एमाले बिर्तामोड नगरकमिटिले यस अघि बिहीबार नै आफ्नो प्रतिवद्वता पत्र सार्वजनिक गरिसकेको छ । प्रतिवद्वता पत्रमा नेकपा एमाले भन्दा गठवन्धन कमजोर देखिन्छ । नेकपा एमालेले सार्वजनिक गरेको २० पृष्ठ लामो प्रतिवद्वतामा प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा पुर्ण निशुल्क गर्ने उल्लेख गरेको छ । तर गठवन्धनको प्रतिवद्वता पत्रमा विपन्न वर्गका ८ देखि १२ कक्षा सम्मका टाढाबाट आउने विद्यार्थीलाई निुशल्क साइकल वितरण गर्ने जनाइएको छ ।
यस्तै एमालेको प्रतिवद्वता पत्रमा खेलकुद तर्फ वडा नम्बर ३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरउन्नति गर्दै कम्तिमा ७ हजार ५ सय सीट क्षमताको प्याराफिट निर्माण गर्ने,इन्डोर गेमको लागि कवर्ड हल निर्माण गर्ने,मदन भण्डारी खेल मैदानलाई क्रिकेट,फुटवल एकाडेमी निर्माण गर्ने,खेलाडी उत्पादन गर्ने लगायतका महत्वपुर्ण विषय स्पष्ट उल्लेख गरीएको छ । गठवन्धनले भने डोमालाल राजवंशी रंगशालालाई व्यवस्थित गर्ने र एक वडा एक खेलकुद मैदानको अवधारणालाई अघि सारेको छ ।


गठवन्धनको प्रतिवद्वता पत्रमा नगरस्तरिय अस्पतालाई व्यवस्थित बनाउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने उल्लेख गरेको छ । तर यस अघिको एमाले नेतृत्वको स्थानीय सरकारले नै बिर्तामोडका सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरीसकेको छ भने विर्तामोड नगरअस्पताल लाई स्तरउन्नती गरि २५ शैयाको अस्पताल हाल निर्माणधिन अवस्थामा छ । अझै यसलाई ५ वर्ष भित्रमा ५० शैयाको बनाउने,किड्नी डायलासिस सेवा प्रदान गर्ने लगायतका महत्वपुर्ण योजना एमालेले अघि सारेको छ ।

यातायात तथा पूर्वाधार निर्माण तर्फ एमालेले ५ वर्ष भित्रमा कम्तिमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने,भित्री सडकहरुमा पेवर्स तथा व्लक बिच्छ्याउने स्पष्ट उल्लेख गरेको छ भने गठवन्धनले शाखा बाटाहरुमा कालो पत्रे र पेर्वस हालेर स्तरउन्नती गर्ने जनाएको छ ।

नेकपा एमाले र गठवन्धन दुवैले कृषिलाई मुख्य प्राथमिकतामा राखेका छन् । तर यसमा पनि एमालेको प्रतिवद्वता स्पष्ट छ । एमालको प्रतिवद्वतामा ३ वटा चिस्यान गृह र माटो परिक्षण प्रयोगशाला निर्माण गर्ने देखि २ हजार विघा जमिन सिचाईको व्यवस्था,२ हजार कृषकलाई कृषि औजार वितरण,५ सय स्यालो ट्युवेल जडान,कृषकहरुले उत्पादन गरेको तरकारीको समर्थन मूल्य कायम लगायत योजना छन् । गठवन्धन तर्फको प्रतिवद्वता पत्रमा भने अहिले भइरहेका गतिविधि र विषयलाई सामान्यरुपमा प्रस्तुत गरीएको छ ।

गठवन्धनले प्रस्तुत गरेको प्रतिवद्वतामा भन्दा नेकपा एमालेले प्रस्तुत गरेको प्रतिवद्वता पत्रमा धेरै विषय स्पष्ट रुपमा समावेश गरीएको पाइएको छ । पालिका निर्वाचनको सरगर्मी बढ्दै गइरहेका बेला सबै राजनीतिक दलहरु प्रतिवद्वता पत्र सहित चुनावि प्रचारमा व्यस्त छन् ।
बिर्तामोड नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखमा पवित्रा महतारा प्रसाई,उपप्रमुखमा नगेन्द्र प्रसाद संग्रौला उम्मेद्वार रहेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठवन्धनबाट नगरप्रमुखमा भोजराज सिटौला र उपप्रमुखमा सि.पि कडरिया उम्मेद्वार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here