काठमाण्डौ। नेपाली कांग्रेसका डा. शेखर कोइरालाले आज एक प्रेस विज्ञप्ति निकाल्दै पालिका चुनावमा पार्टिले टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नु भएको छ ।
उहाँले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ । पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको उहाँको भनाइ छ । कोइरालाले असन्तुष्ट नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्किन आग्रह पनि गर्नुभएको छ ।





