चुनावी गठबन्धन बालुवा र तासको घर: विष्णु पौडेल


१४ बैशाख २०७९, बुधबार १२:५६ मा प्रकाशित

काठमाडौं, वैशाख १४ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिनुभएको छ ।

बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उँहाले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गर्नभयो ।

पौडेलले एमालेका निम्ति गठबन्धन केही नभएको साथै केपी ओली र एमाले प्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेकोे बताउनुभयो । उँहाले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उँहाले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको पनि बताउनुभयो । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताउनुभयो । टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै नसक्ने उँहाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here