मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि छानबिन


१४ बैशाख २०७९, बुधबार ०८:२३ मा प्रकाशित

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।

प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभएको छ।

आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ ।

आयोगले बिहीबारै उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।

आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here