सातौँ कृषि गणना आजदेखि सुरु


६ बैशाख २०७९, मंगलवार १३:०५ मा प्रकाशित

काठमाण्डौ । सातौँ कृषि गणना आजदेखि सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

 उनका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ । २०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुन्छ ।यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो ।

आजदेखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले छनोट गरिएका तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने भएको छ ।

किसानलाई २४ वटा प्रश्न सोधिने विभागले जनाएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here