काठमाडौं । भारतीय आयल कर्पोरेसनले इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।अप्रिल १६ मा पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका सहायक प्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ।





