काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि स्थानीय तहको चुनावका लागि टिकट मनोनय पत्र वितरण सुरु गर्ने भएको छ ।
पार्टीको पालिका समितिबाट सिफारिस भइ मनोनित भइसकेका पालिका प्रमुख –उपप्रमुख–अध्यक्ष–उपाध्यक्षका उम्मेदवारलाई टिकट वितरण गरिने जनमत पार्टीका सचिवालयले जनाएको छ ।
सो टिकट पार्टीको केन्द्रीय सचिवालय जनकपुरबाट हुने बताइएको छ टिकट लिन आउने उम्मेदवारले आफ्नो नागरिकता र मतदाता परिचय–पत्रको प्रतिलिपी साथमा लिएर आउन पार्टीले भनेको छ ।
त्यस्तै, उम्मेदवारले टिकट लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्ने मापदण्ड सो पार्टीले बनाएको छ ।
टिकट लिनका लागि कुनै पनि शुल्क नलाग्ने पनि जनमतले स्पष्ट गरेको छ । त्यसका साथै उम्मेदवारले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्ने, तथा चुनावका लागि पार्टीले कुनै पनि खर्च नदिने भनि स्पष्ट गरेको छ ।
वडाअध्यक्षको टिकट बैशाख ७ र ८ गते हुने जनाइएको छ । वडाअध्यक्षको टिकट वितरण केन्द्रीय सचिवालय जनकपुर, विराटनगर र भैरहवाबाट वितरण हुने जनाइएको छ ।





