सुनसरी । सुनसरीमा टेम्पो र बस आपसमा् ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका–१७ का ३५र४० वर्षीय खड्क विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए। मृतक टेम्पो चालक हुन्।
शुक्रबार बिहान भेडेटारबाट को २ ह ७०४१ नम्बरको ट्याम्पो धरानतर्फ जाँदै थियो। को १ ख ४४८० नम्बरको बस र टेम्पो आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
उनका अनुसार टेम्पोमा सवार ताप्लेजुङकी १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते छिन्। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय धरानले बससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।





