फिलिपिन्समा मारिनेको संख्या १३८ पुग्यो


२ बैशाख २०७९, शुक्रबार १३:२२ मा प्रकाशित

फिलिपिन्स। फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या एक सय ३८ पुगेको छ । आँधीपछि आएको बाढी र पहिरोबाट फिलिपिन्सको मध्य र दक्षिणी भागहरू सबैभन्दा बढी प्रभावित भएको छ । त्यसमध्ये लेयटे प्रान्तमा मात्रै एक सय ३२ जनाको मृत्यु भएको हो ।

त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार हालसम्म एक सय एक वटा शव निकालिएको छ ।

त्यहाँको सेनाले मध्य फिलिपिन्सका क्यापिज, अक्लान, एन्टिक र इलोइलो प्रान्तका अधिकांश भूभाग जलमग्न भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here