काठमाडौं । नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ ।
नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो । बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्राको संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो ।
राष्ट्र बैंकले यसअघि पनि समय समयमा राष्ट्रको ढुकुटीमा डलरको संचिति कम भएको भन्दै सुन आयातमा कमी गर्ने गरेको थियो ।सुन आयात रोकिंदा बजारमा हाहाकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुभएको छ ।