झापा । मेयर पदको उम्मेद्वारीका लागि पार्टीबाट टिकट पाउने संभावना नरहेपछि नेकपा एमालेका झापा जिल्ला कमिटी सदस्य डिल्ली घिमिरेले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ।
काँकरभिट्टा निवासी एमालेका जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजकसमेत रहनु भएका नेता घिमिरेले एमाले परित्याग गरेको घोषणा गर्नु भएको हो।
नेता घिमिरे बैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट मेचीनगरको नगरप्रमुख पदको आंकाक्षी हुनुहुन्थ्यो।
उम्मेद्वार छनोटका लागि भएको पार्टीको आन्तरिक चुनावमा घिमिरे सिफारिसमा पर्नु भएन।
उम्मेद्वार छनोटका क्रममा नेताहरुले आफू बिरुद्ध षड्यन्त्र गरेर उम्मेद्वारका रुपमा छनोट हुन नदिएको नेता घिमिरेले आरोप लगाउनु भएको छ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ, ‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक म माथि भएको अन्याय सहन सकिन एउटै लाइ थपीथपि जिम्मेवारी र अरु लाइ औसर बाट बन्चित गर्ने चरम गुडबन्दीका नाइके हरु संग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जिवन जिउनु उचित ठानेर आजकै मिति बाट नेकपा एमाले को सम्पुर्ण जिम्मेवारी बाट बिदा लिए मलाई माया गर्नुहुने सम्पुर्ण मित्रहरू संग क्षमा चाहान्छु।’