‘हिमालय रोडिज’को ग्रान्ड फिनाले आज


२८ चैत्र २०७८, सोमबार १६:५८ मा प्रकाशित

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’ चौथो सिजनको ग्रान्ड फिनाले आज बेलुका हुँदै छ ।

उपाधिको लागि नसिब दाहाल र रोशन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । प्रतिस्पर्धाका लागि दिइएको फाइनल टास्कलाई कम समयमै पूरा गर्ने एक प्रतिस्पर्धीलाई विजेता घोषित गर्ने तयारी छ । पर्वतको कुश्मास्थित बन्जी जम्पमा उक्त फाइनल टास्कको छायांकन भइसकेको छ ।

भारतीय कम्पनी भायकमबाट लाइसेन्स लिएर नेपालमा निर्माण भएको रोडिज तीन महिना अघिदेखि सुरु भएको हो । रोडिजको पछिल्लो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको संस्करणलाई सिजन अफ सर्भाइभल पनि भनिएको छ । सिमोस सुनुवारले निर्देशन गरेको रोडीजको यस सिजन मा रेमनसहित अनुपविक्रम शाही, दीया मास्के, आशिष राना र पहिलो संस्करणका विजेता समन श्रेष्ठ निर्णायक रहेका छन् ।

फिनाले बेलुका ८ बजे प्रसारण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here