२४ घण्टामा २२ जनामा काेराेना पुष्टि


२८ चैत्र २०७८, सोमबार १७:४३ मा प्रकाशित

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४६ जना कोरोना भाइरसका सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण कसैको पनि ज्यान गएकाे छैन ।

अहिले नेपालमा पाँच सय ६८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा १५ हजार तीन सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here