त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ


२८ चैत्र २०७८, सोमबार १५:४० मा प्रकाशित

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट- १ (एक) राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी तनहुँ जिल्ला साबिक बसन्तपुर गा.वि.स.वडा नं. ६ हाल परिवर्तित भानु न.पा.वडा ७ बस्ने २७ वर्षीया सोबिता नेपाली पक्राउ परेकी हुन् ।

नेपालीको साथमा रहेको ब्याग विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनिपर्सभित्र गोली फेला परेको हो ।

उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here