चालु आर्थिक वर्षको ९ महिनामा झापामा सवारी दुर्घटना बाट ९४ जनाको मृत्यु


२७ चैत्र २०७८, आईतवार २०:०७ मा प्रकाशित

झापा । पछिल्लो समय झापामा सवारी दुर्घटनाको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको सुरु देखि हाल सम्ममा झापामा ४ सय ५० वटा सवारी दुर्घटना हुँदा ९४ जनाको मृत्युु भएको छ । सवारि चालकको लापरबाहि र साँगुरो सडकका कारण दुर्घटनामा बृद्वि भएको ट्राफिक प्रहरीले जनाएको छ ।
२०७८ सालको साउन देखि अहिले सम्ममा झापामा सवारी दुर्घटनाका कारण ९४ जनाको मृत्युु भएको छ । जसमा ७७ जना पुरुष र १३ जना महिला रहेका छन् भने ४ जना बालबालिका रहेका छन् । दुर्घटनाकै कारण ७ सय १८ जना घाइते भएका छन् । जस मध्ये १ सय ८५ जना गम्भिर घाइतेको सुचीमा रहेका छन् । यो अवधिमा सवारी दुर्धटनाको संख्या भने ४ सय ५० रहेको छ ।

तथ्याङ्क हेर्दा मोटरसाइकल दुर्घटनाको संख्या बढि रहेको छ । सवारि चालकको लापरबाहि र साँगुरो सडकका कारण दुर्घटनामा बृद्वि भएको ट्राफिक प्रहरीले जनाएको छ । यो सँगै सवारी साधनको संख्यामा बृद्वि, ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा आउने सवारी चालकमा अनुभवको कमी, तीब्र गति, छाडा पशु चौपाय, मापसे गरेर सवारी चलाउनु, यान्त्रीक गडबडी आदी कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी साहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।

झापामा मुख्य राजमार्गको लम्बाइ करिब ५५ किलोमिटर रहेको छ । त्यो क्षेत्र मध्ये घुमाउरो र साँघुरो बाटो भएको ठाउँ, भिडभाड हुने क्षेत्र लगायत ठाउँमा दुर्घटना बढि हुने गरेको छ । जस मध्ये पनि मेचिनगरको पालिया पुल, चारआली जंगल कालीझोडा, कन्काइको जुके कल्भर्ट, शिवसताक्षि १० को माइधार, धरमपुर चोक, कमल गाउँपालिका ३ को पाडाजुगी चोक, सानो केरखा चोक जस्ता ठाउँमा बढि दुर्घटना हुने गरेको खड्काले बताउनुभयो ।

दुर्घटनाको रोकथाम र न्युनिकरणका लागि ट्राफिक प्रहरीले समेत प्रयास नगरेको भने हैन । तर प्रहरीको प्रयास मात्रले रोकथाम नहुने प्रहरीको बुझाइ छ । सर्बसाधरण देखि चालक सम्मले प्रयास गर्नु पर्ने प्रहरीले जनाएको छ । हाल ट्राफिकले चालक प्रशिक्षण, यात्रुमैत्री तालिम, ट्राफिक सप्ताह, स्कूलमै पुगेर बिद्यार्थीहरुलाई तालिम दिने लगायतका काममा चासो दिएर दुर्घटना न्युनिकरणको प्रयास गरिरहेको खड्काले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गएको ९ महिनामा ३४ हजार २ सय १५ वटा सवारी साधनलाई कार्वाहि गर्दा २ करोड ४० लाख २९ हजार राजश्व संकलन भएको छ । १० हजार ६ सय ३१ वटा मोटरसाइकललाई कार्वाहि गर्दा ७९ लाख २४ हजार ५ सय रुपैया राजश्व संकलन भएको जनाइएको छ । ९ हजार ७ सय १५ वटा ठूला सवारी साधनहरुलाई कार्वाहि गर्दा ६ लाख ३१ हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here