बिर्तामोड नगरपालिकाद्वारा सृजनात्मक कला सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न


२७ चैत्र २०७८, आईतवार २०:२० मा प्रकाशित

 बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको सामाजिक तथा सृजनात्मक कला शिक्षणमा लोक बाजा,लोक गीत,लोक नृत्य तथा चित्रकला सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गोमेन्द्र कलेजमा चैत्र २३ देखि २७ गतेसम्म आयोजना गरीएको ५ दिने प्रशिक्षण कार्यक्रमको आइतबार समापन गरीएको हो । नगरभित्रका १८ वटा सामुदायिक विद्यालयका ३६ जना शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरीएको हो ।

नगरपालिकाले सबै विद्यालयबाट सहभागि शिक्षकहरुलाई किवोर्ड र मादल प्रदान गरेको थियो ।

प्रशिक्षण कार्यक्रमलाई संस्कृति अध्ययन संस्थान काठमाडौंले सहजीकरण गरेको हो । प्रशिक्षणमा सहभागि सबैलाई नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महातारा प्रसाईले प्रमाण पत्र वितरण गर्नु भयो ।

कार्यक्रमको प्रशिक्षकमा भानु ओली,रोचक थापा र सुनिल थापा रहनु भएको थियो ।

प्रशिक्षण समापन कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शाखा अधिकृत दिनेश प्रसाद आचार्य,शिक्षा अधिकृत केशर खवास लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लोकगीत संगीत तथा सृजनात्मक कला शिक्षणमा पनि अव्वल बनाउनका लागि शिक्षकहरुलाई यस प्रकारको प्रशिक्षण प्रदान गरीएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here