चट्याङ लागेर झापाको गौरादहमा एक महिलाको मृत्यु


२७ चैत्र २०७८, आईतवार १६:०७ मा प्रकाशित

झापा । गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका–५ कि ४० बर्षीया मन माया थापाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जानकारी दिएको छ ।

आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागेर घाईते हुनुभएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here