उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग सभामुख सापकोटाको आग्रह


२७ चैत्र २०७८, आईतवार १५:०२ मा प्रकाशित

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नु भएको छ ।

सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पार्नु भयो ।

नेपाल चेम्बर कमर्शले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावनामा सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गर्नु भयो । निष्ठापूर्वक सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उहाँको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here