काठमाडौं । विश्व हिन्दू यूवा अन्तर्राष्ट्रिय समितिले भोलि रामनवमीको अवसर पारेर ४६औं विश्व हिन्दु एकता दिवस मनाउने भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले यसबारे जानकारी दिएको हो ।
समितिले भोलिको कार्यक्रममा सहभागी हुन पनि अपिल गरेको छ ।
भोलि चैत २७ गते काठमाडौंको बत्तिसपुतलीस्थित् राम मन्दिरबाट प्रारम्भ हुने र्याली भुवनेश्वर पशुपतिनाथमा गएर सभामा परिणत हुने समितिले जनाएको छ । र्यालीमा नेपाली सेनाको विशेष व्याण्डको टोली रहने जनाईएको छ ।
साथै, नेपाली सेनाको बग्गी, सशस्त्र प्रहरी टोली लगायतका सुरक्षा निकायको सहभागिता रहने जनाइएको छ ।