‘अमेरिकाबाट आएको करोडौं रकम फुक्वा गरिदिन राष्ट्र बैंककै सञ्चालक समितिका सदस्यद्वारा बार्गेनिङ’


२५ चैत्र २०७८, शुक्रबार १३:२७ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गर्नु भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताउनु भएको हो ।

उहाँले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाउनु भयो । कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्‍याइन्छ भनेर प्रश्न गर्नु भयो ।

यस्ता कुराले अनुशासन हुँदैन भन्दै मन्त्री शर्माले रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम भएको आरोप लागउनु भयो ।

उहाँले राष्ट्र बैंकमा बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको तर आधिकारिक कुरा आफूलाई थाहा नभएको बताउनु भयो ।

यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्ने बताउनु भयो । मन्त्री शर्माले पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खाले एकिन रेकर्ड माग गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here