पिकअप भ्यानको ठक्कटरबाट मोटरसाइकल चालकको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार ११:५२ मा प्रकाशित

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारेमा बिहीबार बेलुकी पिकअप भ्यानको ठक्कटरबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–३ का २७ वर्षीय राजन धिमाल रहेका छन् ।

घाइते भएका धिमालको उपचारको क्रममा उर्लाबारी स्थित अरनिको अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ च ६३ ९९ नम्बरको भ्यानले धिमालले चलाएको को ३२ प ६९ ३१ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने भ्यान सहित चालक ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here