नेपालगञ्ज नाकाबाट पाँच सय महिला–बालबालिकालाई उद्धार


२५ चैत्र २०७८, शुक्रबार ११:१० मा प्रकाशित

काठमाडौं। मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ।

पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए।

अधिकाँशलाई फकाइ–फुलाई भारत लग्न लागिएको थियो। उनीहरुलाई बेच्न लागिएको प्रहरीले जनाएका छन्।

कोइरालाका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल प्रहरीसमेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो। यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here