जनतामाथि करको बोझ बोकाएर नेताहरुले भत्ता खाँदै सत्ताको चरम दुरुपयोग गरेको नेपाल कम्युनिस्ट पार्टीको आरोप


२४ चैत्र २०७८, बिहीबार १९:५७ मा प्रकाशित

काँकरभिट्टा ।  नेपाल कम्युनिस्ट पार्टीले  ३३ औँ जनआन्दोलन दिवसका अवसरमा आयोजित मूल्य वृद्धि विरुद्धको विरोध प्रदर्शन गरेको छ । काँकरभिट्टामा आयोजित सभामा बोल्दैं प्रमुख अतिथि एवम् पार्टीका जिल्ला सचिव प्रशान्तले जनताको मतको अपमान गर्दै संसदीय दलका नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण देश यो अवस्थामा पुगेको आरोप लगाउनुभयो ।

जनतामाथि करको बोझ बोकाएर नेताहरुले भत्ता खाँदै सत्ताको चरम दुरुपयोग गरेकै कारण जनता मारमा परेको उहाँको दावी थियो ।

राष्ट्रघाती तत्वहरुलाई जनताले बहिस्कार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीका जिल्ला सदस्य तथा मेचीनगर इञ्चार्ज जितु तामाङको अध्यक्षता भएको विरोध सभामा बोल्दैं बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्कीले २०४६ सालको जनआन्दोलनको स्मरण गराउँदै नेताहरूले सहिदको अपमान गरेकोमा दुखेसो पोख्नुभयो । नेताहरुको चरित्र देश बनाउने नभएर लुट्ने तिर गएका कारण आफुहरुले प्रतिवाद गर्नुपरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका अधिकाँश वक्ताहरुले दलाल संसदीय व्यवस्थामा सति गएका कम्युनिस्टहरुबाट परिवर्तन असम्भव रहेको र जनताले आफ्नो अधिकारका निमित्त फेरि एकपटक संघर्ष गर्नुपर्ने बेला आएको बताउँदै भोट माग्न आउने नेताहरूलाई गाउँ गाउँबाट लखेट्न अपिल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here