काठमाडौं । गैर सांसद अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्नु भएको हो।
बन्दी संघीय संसदमा सदस्य हुनुहुन्न । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उहाँको मन्त्री पद गुम्नेछ ।





