संविधान दिवसमा घोषणा गरिएका विभूषण आगामी वैशाख १ गते प्रदान गरिने


२२ चैत्र २०७८, मंगलवार ०८:१५ मा प्रकाशित

काठमाडौं । संविधान दिवसका अवसरमा ३ असोजमा घोषणा गरिएका विभूषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ।

संविधान दिवसकाे दिन ९०३ जनालाई विभूषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थिएन।

अब वैशाख १ मा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ। त्यसका लागि वैशाख १ गते बिहान ९ बजे राष्ट्रपति निवास शितलनिवासमा समारोह हुनेछ।

घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदकमात्र प्रदान गरिन लागिएको हो।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here