दुई जना गाउँपालिका उपाध्यक्षसहितलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली वीरगञ्ज जाँदै


२२ चैत्र २०७८, मंगलवार १०:५५ मा प्रकाशित

झापा । जनता समाजवादी पार्टीबाट चुनाव जितेका दुईजना गाउँपालिका उपाध्यक्षसहितलाई एमाले प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्साको वीरगञ्ज जाने कार्यक्रम रहेको छ।

एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासका अनुसार धोविनी गाउँपालिका उपप्रमुख पारस पटेल र सखुवाप्रसौनी गाउँपालिका उपप्रमुख फुलमतीदेवी थरुनी एमालेमा प्रवेश गर्दैहुनुहुन्छ ।

यसैगरी नेकपा मालेका पर्सा जिल्ला सचिव लक्ष्मीराज न्यौपाने पनि आज एमालेमा प्रवेश गर्दैहुनुहुन्छ ।

विपी उद्यान घण्टाघरमा आयोजना हुने कार्यक्रममा अन्य पार्टी त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारुले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here