काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्नु हुने भएको छ ।
चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने हुनु भएको हो ।
युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताउनु भयो ।
दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।





