सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु


२१ चैत्र २०७८, सोमबार ०६:५२ मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

लामाटोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो ।

ग्याँस पड्केपछि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताउनु भयो ।

आगलागीबाट तामाङका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङका साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको हो ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको हो । मीनबहादुर पनि घाइते अवस्था रहनु भएको बताइएको छ । उहाँलाई उपचारको लागि अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here