श्रीलङ्कामा आर्थिक सङ्कट २६ मन्त्रीको सामूहिक राजीनामा


२१ चैत्र २०७८, सोमबार ११:१५ मा प्रकाशित

श्रीलङ्का । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका हुन ।

राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।

श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । विदेशी मुद्राको अभावले इन्धन आयातको भुक्तानी गर्न नसक्दा यसको असर परेको छ ।

कम्तीमा १२ घण्टा लोडसेडिङसँगै खाद्यन्न र औषधिको पनि अभाव छ । श्रीलङ्कामा अहिले मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here